PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीका मुख्यमन्त्रीको सम्पति : ५ हजार वटा कुखुरा, २ लाखको तरकारी



पी बी खड्का

कर्णालीका मुख्यमन्त्रीको सम्पति : ५ हजार वटा कुखुरा, २ लाखको तरकारी

सुर्खेत : कर्णाली प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलवार प्रदेश सरकारका सात जनै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा एभरेष्ट र राष्ट्रिय वाणिज्य बैकमा गरी ७ लाख रुपैयाँ रहेको छ। त्यस्तै चल सम्पत्ति विवरणमा ६ तोला सुन र २ सय तोला चाँदी रहेको छ। सुन र चाँदी पुर्खाैली सम्पत्ति हो। धनबहादुर शाहीको नाममा पतालझरणा गाउँपालिका ९ मा रहेको एउटा पुर्ख्यौली घर रहेको छ।
 
अन्दाजी २५ हजार वर्गकिलो मिटरमा फैलिएको अंशबण्डा नभएकै पुर्ख्यौली जग्गा रहेको छ। त्यस्तै टिकापुर नगरपालिका कैलालीस्थित मुख्यमन्त्री शाहीकी श्रीमती चन्द्रा कुमारी शाहीको नाममा २ लाख रुपैयाँमा खरिद गरेको जग्गा समेत रहेको छ। 

त्यस्तै १५ लाख बराबरको एउटा मारुती कार समेत रहेको छ। मुख्यमन्त्री शाहीले ५ हजारको संख्यामा १ लाख बराबरको कुखुरा पालन र २ लाख ५ हजार बराबरको तरकारी उत्पादन गरिरहेको सम्मेत सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री शाहीको नाममा १० लाख बराबरको अक्षषकोषसमेत रहेको छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell