PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

धरौटी बुझाउँदै धमाधम छुट्दै मेडिकल व्यवसायी



पहिलोपोस्ट

धरौटी बुझाउँदै धमाधम छुट्दै मेडिकल व्यवसायी

काठमाडौं : वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप चार जना मेडिकल व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी  धरौटी बुझाएर रिहा भएका हुन्।

मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। अदालतको आदेश अनुसार तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थीले जनही २५ हजार रुपैयाँ घरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

सोमबार मात्र व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए।  श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार रुपैयाँ धरौटी बुझाएका हुन्। 

गत बिहीबारमात्र मेरिडियन मेडिकलका सञ्चालक देवान राईले ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो।

भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ सहित प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो। बायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रारम्भिक अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell