PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सुन प्रकरणः कोरियाबाट फर्किँदै गर्दा विमानस्थलबाट नै पक्राउ परे गोरेका सहयोगी



पहिलोपोस्ट

सुन प्रकरणः कोरियाबाट फर्किँदै गर्दा विमानस्थलबाट नै पक्राउ परे गोरेका सहयोगी

काठमाडौँ : सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। चुडामणि उप्रेती गोरेको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा गोरेका सहयोगी भनिएका रामकुमार तिवारी पक्राउ परेका हुन्।

प्रहरीले तिवारीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।  काभ्रे घर भएका तिवारीलाई दक्षिण कोरियाबाट फर्किँदै गर्दा पक्राउ गरिएको हो।

सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे सहित ३१ जनालाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा पठाइएको छ।

तस्करीमा अन्य मानिसको समेत संलग्न भएकाले खोजी र अनुसन्धान भइरहेको समितिका संयोजक ईश्वरीराज पौडेलले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell