PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

नारायणघाट मुग्लिङ्ग सडकको सबै खण्डमा कालोपत्रे सम्पन्न, चौबिसै घण्टा सवारी सञ्चालन खुला



पहिलोपोस्ट

नारायणघाट मुग्लिङ्ग सडकको सबै खण्डमा कालोपत्रे सम्पन्न, चौबिसै घण्टा सवारी सञ्चालन खुला

काठमाडौँः नारायणघाट मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोडिएको छ। निर्धारित समयभन्दा १४ महिना ढिला गरी आयोजनाको काम सम्पन्न भएको हो। आयोजनाका सम्पूर्ण सडक कालोपत्रेले जोडिएसँगै बुधबारदेखि सडक खण्ड पूर्ण रूपमा खुला गरिएको छ।  

नारायणघाट मुग्लिङ्ग सडक आयोजनाले अब बिना कुनै अवरोध २४सै घण्टा सडकमा यात्रा गर्न सकिने जनाएको छ। बुधबारदेखि सडक २४सै घण्टा सञ्चालनमा आउने आयोजनाले जनाएको छ।

२०७२ वैशाखमा आयोजना सम्झौता भएको थियो। 


आयोजनाले केही प्राविधिक तथा भौतिक पूर्वाधारका काम भने सम्पन्न हुन बाँकी रहेको जनाएको छ। भौतिक पूर्वाधारको केही काम बाँकी भए पनि सडक भने पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो। 

आयोजनाको तीन ठेक्कामध्ये आँपटारी-दासढुंगा खण्डको काममा ९१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको जनाइएको छ। यस्तै दासढुङ्गा-
सिमलताल खण्डमा ९७ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ। सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिएको दासदुंगा-सिमलताल खण्डको ८५ प्रतिशत बढी भौतिक प्रगति भएको छ। 

आयोजना निर्माण चरण केही महिना रातीको समय सवारी सञ्चालनमा रोक लगाइएको थियो। दैनिक आलोपालो गरेर सवारी सञ्चालन गर्ने गरिएको थियो। निर्माण क्रममा पहिरोमा परी सुरक्षाकर्मीसहित नागरिकले ज्यान गुमाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell