PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

स्रोत नखुलेको ३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ



राधेश्याम पटेल

स्रोत नखुलेको ३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ

पर्साः प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ६ का राहुल केशरी र भारत मोतिहारीका रोहित कुमार रहेका छन्।

मंगलबार साँझ ६ बजेको समयमा वीरगंज १६ इनार्वाबाट ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगंज आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

वीरगंजको मनी चेन्जरमा बढी दरमा साट्न रक्सौलबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ ल्याइन्छ।

राष्ट्र बैंकले वीरगंजका मनी चेन्जरलाई भारु नदिएपछि करिब २ दर्जन मनी चेन्जर गोप्य रुपमा अवैध कारोबार गर्ने गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पर्साका एसपी रेवती ढकालले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell