PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कालोबजारी गरेको अभियोगमा पेट्रोल पम्पका कर्मचारी र ट्याङ्कर चालक पक्राउ



पहिलोपोस्ट

कालोबजारी गरेको अभियोगमा पेट्रोल पम्पका कर्मचारी र ट्याङ्कर चालक पक्राउ
प्रतीकात्मक तस्विर

वीरगंजः बारा प्रहरीले इन्धन कालोबजारी गरेको अभियोगमा एक पेट्रोल पम्पका प्रबन्धक र ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। पक्राउ गरिएकालाई १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन। 

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १० का जय श्रीराम इन्टरप्राइजेजका म्यानेजर मुन्ना गुप्ता, ना ६ ख ६९३१ नम्बरको ट्याङ्कर चालक विशाल श्रेष्ठ रहेका छन्।

आइओसीको रक्सौल डिपोबाट १२००० लिटर डिजेल खरिद गरेर ल्याई आफ्नो पम्पमा पुरै खाली गराउनु पर्नेमा तीन हजार लिटर मात्रै खन्याई बाँकी ९ हजार लिटर सोही वडाको कुसुम आयाल इन्टरप्राइजेजमा खन्याइरहेको अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेको हो। बढी नाफा खाने नियतले यस्तो गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

व्यवसायीले बढी नाफा लिएर वीरगंज–पथलैया औद्योगिक करिडोरका कम्पनीमा तेल बेच्दा सामान्य उपभोक्ताहरूलाई इन्धन अभावको समस्या पर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell