PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

ओपनिङ म्याच हेर्न साउदी युवराज मस्को जाने, पहिलो खेल नै रसिया र साउदीबीच



पहिलोपोस्ट

ओपनिङ म्याच हेर्न साउदी युवराज मस्को जाने, पहिलो खेल नै रसिया र साउदीबीच
फोटो : AP

मस्को : साउदी अरेवियाका युवराज मोहम्मद विन सलमान २०१८ फिफा वर्ल्डकपको उद्घाटनसत्रमा सहभागी हुने भएका छन्। जुन १४ गते रसियाको मस्कोमा हुने उद्घाकटन खेलका लागि उनी जाने भएको युवराजको निजी कार्यालय बदर अल अस्करले जानकारी दिएको रसियाली समाचार संस्था तासले जनाएको छ।

विश्वकप पहिलोपटक रसियाले आयोजना गर्दैछ। जुन १४ देखि जुलाई १५ सम्म रसियाका ११ शहरहरुमा प्रतियोगिता हुनेछ।

रसिया, साउदी अरेविया, इजिप्ट र उरुग्वे समूह ‘ए’ छन्। मस्कोमा हुने ओपनिङ खेल रसिया र साउदीबीच नै हुँदैछ। 

समूह ‘बी’ मा पोर्चुगल, स्पेन, इरान र मोरक्को छन्। समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क छन्। समूह ‘डी’ मा अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्। समूह ‘इ’ मा ब्राजिल, स्विटजरल्यान्ड, कोस्टारिका र सर्विया छन्। समूह ‘एफ’ मा जर्मनी, म्याक्सिको, स्विडेन र दक्षिण कोरिया छन्। समूह ‘जी’ मा बेल्जियम, पानामा, ट्युनेसिया र इङल्यान्ड छन्। समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell