काठमाडौं: सन्तोष सेनको निर्माणमा बन्ने नयाँ फिल्मको टाइटल फाइनल भएको छ। निर्माण टिमले फिल्मको नाम 'मेरी मामु' राखेका छन्।
आशुसेन फिल्म्सको यो चौथो फिल्म हो। आमा र छोराको कथामा यो फिल्म बन्ने भएको छ। फिल्ममा निर्माता सेन कै ६ वर्षीया छोरो अयुव सेनको मुख्य अभिनय रहेनेछ। द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अहिले अभिनय पनि सिक्दैछन्। कक्षा ३ मा अध्यनरत नाच्नमा सिपालु छन्।
चाँडै पत्रकार भेटको आयोजना गर्दै फिल्मका सम्पुर्ण टिम चिनाउने निर्माता सन्तोषले जनाए। सेनले यसअघि चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ फल्म निर्माण गरेका थिए।