काठमाडौं: फिल्म 'मालिका'को छायाँकन सम्पन्न भएको छ। ४० दिनको सुटिङ सेड्यूल बनाइ छायाँकन थालेको फिल्मको २९ औं दिनमा छायाँकन सकेको हो।
अभिनेत्री रेखा थापाको निर्देशन तथा निर्माण रहेको फिल्ममा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा देखिने भएकी छिन्। काठमाडौंहुँदै जाजरकोटसम्म छायाँकनका लागि निर्माण टिम पुगेको थियो।
नर बहादुर कार्कीकको कथामा बनेको फिल्मको अब पोस्टप्रडक्सन शुरु हुन्छ। फिल्ममा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ। बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा आधारित फिल्म तिहारमा रिलिज गर्ने टार्गेट निर्माण टिमको छ।