PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पहिरो खसिरहने सिद्धबाबाको सडक हेर्न पुगे मन्त्री महासेठ, भने, 'सास्ती रहेछ'



चन्द्रकान्त खनाल

पहिरो खसिरहने सिद्धबाबाको सडक हेर्न पुगे मन्त्री महासेठ, भने, 'सास्ती रहेछ'

रुपन्देही: भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर आसपासको क्षेत्रमा पटकपटक पहिरो गएर सडक अवरुद्ध हुने अवस्था अब आउन नदिने बताए।

मन्त्रालयका सचिव, बिभागका निर्देशक सहितको प्राबिधिक टोलीसहित आज सिद्धबाबा क्षेत्रको स्थलगत निरीक्षणका लागि  आइपुगेका  मन्त्री महासेठले सरकारले यस स्थानको सडक व्यवस्थापनका लागि बजेट व्यवस्था गरीसकेकाले यसको बिस्तृत अध्ययन गरी उपयुक्त प्रबिधिको प्रयोगबाट जनतालाई सास्तीबाट मुक्त गराउने बताए।

उनले भने, 'प्रारम्भिक कार्य आजै बाट सुरु भएको छ। यस क्षेत्रको सडक व्यवस्थापनका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुरुङ मार्गको प्रस्ताव गरेको छ।'

उक्त अवसरमा पाल्पाका प्रतिनिधि सभाका सदस्य सोमप्रसाद पाण्डेले बुटवल पाल्पा सडकखण्डको २ किलोमिटर ८ सय मिटर सडक अत्यत्य जोखिमपुर्ण रहेको जानकारी गराए। त्यस्तै पाल्पाका जिल्ला विकास समन्वय समितिका सभापति दया बस्यालले पछिल्लो १० वर्षमा यो क्षेत्रमा ७० जनाको मृत्यु भएको र सयौ घाइते भएको मन्त्री महासेठलाई जानकारी गराएका थिए। मन्त्रीसँगै पाल्पा बुटबल सडक डिभिजनका प्रमुख तथा स्थानीय सहभागी रहेका थिए।

'मृत्युमार्ग' - दश वर्षमा पहिरोले पुरिए ५३ सवारीसाधन, ६६ को निधन : विकल्पमा ओलीको सुरुङमार्ग!
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell