PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नवराज सिलवालले सोधे, ‘अपराध बढिरहेको छ, मृत्युदण्ड दिन मिल्दैन?’



बीपी साह

नवराज सिलवालले सोधे, ‘अपराध बढिरहेको छ, मृत्युदण्ड दिन मिल्दैन?’

काठमाडौं : प्रहरीको करिअर छाडेर सांसद बनेका नवराज सिलवालले देशमा अपराध बढिरहेकोले मृत्युदण्डको व्यवस्था राख्नुपर्ने विचार राखेका छन्।

सांसदहरुलाई संसदीय प्रक्रिया बारे जानकारी दिन मंगलबार संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सिलवालले नेपालले गरेको अन्तर्राष्ट्रिय सन्धिबाट पछि हटेर भए पनि मृत्युदण्डको व्यवस्था गर्न सकिने नसकिने बारे प्रश्न राखेका थिए। 

सिलवालको प्रश्नको जवाफमा कानुन आयोगका अध्यक्ष माधव पौडेलले अन्तर्राष्ट्रिय सन्धिबाट नेपालले नाम फिर्ता लिन सम्भव नभएको बताए। 

नेपालको संविधानको धारा १६ (२) मा नै कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन नबनाइने उल्लेख छ।

उनले साउनदेखि लागू हुने गरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ल्याइएको नयाँ कानुनमा जन्मकैदलाई २५ वर्षसम्म बनाइएको र केही जघन्य अपराधहरुमा बाँचुन्जेल कैदमा नै रहने व्यवस्था गरिएको जानकारी दिए। 

यी अपराधमा बाँचुञ्जेल जेल बस्नुपर्ने बनाइएको छ-

  • क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
  • वायुयान अपहरण गरी विष्फोट गरी ज्यान मारेको
  • अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको
  • सार्वजनिक रुपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
  • कुनै जात,जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनसोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
  • जवर्जस्ती करणी गरी ज्यान मारेको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell