PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सुन प्रकरणका ठूला माछा छटपटाउन थाले, डेरा दिने ठेकेदारलाई नि छाडिन्न  : गृहमन्त्री थापा



सविन ढकाल

सुन प्रकरणका ठूला माछा छटपटाउन थाले, डेरा दिने ठेकेदारलाई नि छाडिन्न  : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउ पर्ने दावी गरेका छन्। 

गृह मन्त्रालयमा बुधवार आफ्नो सय दिने कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले ठूला माछाको नजिक पुग्न लागेको बताएका हुन्। 

मन्त्री थापाले भने, 'अब भुरा माछाबाट ठूला माछाको नजिक पुग्दैछौं। नजिक पुग्न लाग्दा केही ठूला माछाहरु छट्पटाउन थालेका छन्।'

गृहमन्त्री थापाले सरकारले जोखिम मोलेर भए पनि अनुसन्धान प्रभावकारी रुपमा अगाडि बढिरहेको दावी गरे। केही दिनयता केही पूर्व प्रहरीले सरकारको अनुसन्धान तथ्यहीन भएको अभिव्यक्ति आइरहेको विषयलाई लिएर गृहमन्त्री थापाले भने, 'हामी सही दिशामा अगाडि बढिरहेका छौं। छिटै ठूला माछा आउँछन्।' 

गृहमन्त्री थापाले छानविनलाई प्रभाव पार्ने र तस्करीलाई संरक्षण गर्ने काम भइरहेको समेत दावी गरे।
 

धरधनी ठेकेदारलाई समेत छाड्दैनौं

गृहमन्त्री थापाले समयमा नै ठेक्काको काम नसक्ने कसैलाई पनि नछाड्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका धरधनी पनि ठेकेदार नै हुन्। उनले पनि समयमा नै काम सकेका छैनन्। उनलाई के हुन्छ नि? भन्ने पत्रकारको प्रश्नमा गृह मन्त्री थापाले भने, 'सबै ठेकेदार धरधनी नै हुन्। घर सबै ठेकेदारको छ। सांसद पनि ठेकेदार नै छन्। जसले समयमा काम पूरा गर्दै राज्यको ढुकुटीको दुरुपयोग गर्छ उनीहरु अपराधी तथा ठग मानिन्छन्। जेसुकै होस् वा ठुला नेता किन नहोस् कारबाही हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell