PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

पिएम कप क्रिकेट : प्रदेश ५ लाई हराउँदै पुलिस समूह बी को विजेता, सेमिफाइनलमा एपीएफसंग भिड्ने



पहिलोपोस्ट

पिएम कप क्रिकेट : प्रदेश ५ लाई हराउँदै पुलिस समूह बी को विजेता, सेमिफाइनलमा एपीएफसंग भिड्ने

काठमाडौं : प्रधानमन्त्रि कप वान डे क्रिकेटको सेमिफाईनल समिकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा प्रदेश ५ लाई ६ विकेटले हराउँदै नेपाल पुलिस समूह बि को विजेता बन्दै अन्तिम ४ मा पुगेको हो। हारका बावजुद पनि समूह बी मा दोस्रो हुँदै प्रदेश ५ सेमिफाइनलमा पुग्ने एक मात्र प्रदेशको टिम बन्यो।

अब सेमिफाइनलमा पुलिसले समूह ए को उपबिजेता एपीएफसंग खेल्ने छ भने प्रदेश ५ ले समूह ए को विजेता त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्ने छ।

समूह ए मा आर्मीले चारवटै खेल जितेर आठ अंक जोड्दै सेमिफाइनमा स्थान बनायो। आर्मीसंग मात्र हारेको एपीएफले चार खेलबाट ६ अंक जोड्यो। समूह बी मा अपराजित रहदै सेमिफाइनल पुग्ने क्रममा पुलिसले चार खेलबाट सात अंक जोड्यो। तिन जितेको पुलिसले बर्षाले प्रभावित एक खेलमा अंक बाडेको थियो। चार खेलबाट ५ अंक जोडेको प्रदेश ५ ले समान अंक भएपनि रन रेटमा प्रदेश ७ लाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो।

अब आर्मी र प्रदेश ५ बीच पहिलो सेमिफाइनल आगामी शुक्रवार हुनेछ। दोस्रो सेमिफाइनल शनिवार हुनेछ भने फाइनल खेल आइतवार हुनेछ।

 

दिपेन्द्रको अलराउन्ड प्रदर्शन, आरिफसंग शतकिय साझेदारी

पुलिसलाई जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरीले किफायती वलिङ गर्दै १० ओभरमा २२ रन मात्र खर्चेर १ विकेट लिए भने ब्याटिमा अर्धशतक बनाए। ऐरीले आरिफ सेखसंग चौथो विकेटको लागि शतकिय साझेदारी गरेपछि प्रदेश ५ ले दिएको २०१ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

९७ रनमा ३ विकेट गुमाएको पुलिसका लाई यि दुईले चौथो विकेटका लागि १०४ रनको साझेदारि गर्दै जित दिलाए। ५३ बल खेल्दै ऐरीले २ चौका र २ छक्का को मद्दतमा नटआउट ५८ रन बनाए। आरिफले ५१ बलमा २ चौका र ३ छक्काको मद्दतमा नटआउट ४५ रन योगदान गरे। यस्तै सुनिल धमलाले ३६, अमित श्रेष्ठले ३० र दिलिप नाथ २४ रन जोडे। प्रदेश ५ का सन्दिप सुनारले २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश ५ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो। उसका लागी ओपनर शंकर रानाले सर्वाधिक ४४ तथा सौरभ खनालले ४२ रन बनाए। इनिङ्सको अन्त्यतिर आक्रमक ब्याटिङ गरेका कृष्ण कार्कीले २६ बलमा २६ तथा विक्रम भुषालले १२ बलमा २० रन जोडे। यी दुईले आठौँ विकेटका लागि १९ बलमा ३६ रनको साझेदारी गर्दै प्रदेश ५ को स्कोर २०० पुर्‍याएका थिए।

बलिङतर्फ पुलिसका रामनरेश गिरी र ललित नारायण राजवंशीले २-२ तथा ललितसिंह भण्डारी र दिपेन्द्रले समान १ विकेट लिए। प्रदेश ५ का ३ खेलाडी रनआउट भएका थिए। किफायती बलिङ गरेका दिपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन मात्र  खर्चे। यस्तै ललित राजवंशीले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका पुलिसका दिपेन्द्र म्यान अफ दि म्याच भए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell