PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फुटबलमा हेड हान्ने खेलाडीको मष्तिष्क धरापमा



पहिलोपोस्ट

फुटबलमा हेड हान्ने खेलाडीको मष्तिष्क धरापमा

फुटबलको महाकुम्भ विश्वकप नजिकिँदै गर्दा जितहारका विभिन्न अड्कल बाजी सुरु हुन थालिसकेको छ। हारजित होस् या टिमको प्रतिभा सबैको समाचारका रुपमा आइसकेको छ। अर्थात् विश्वकपसँग सम्बन्धित देश, खेलाडी र उनीहरुको अवस्था खेलाडी मैदानमा छिर्नुअघि नै छताछुल्ल भइसकेको छ। 

अब मात्र प्रतीक्षा छ, खेलको जसले बाहिरिएको समाचारहरुलाई गलत पनि सावित गर्न सक्छ।

यहाँ वर्ल्डकपको सन्दर्भमा खेल जितहारभन्दा फरक विषयको चर्चा गर्न खोजिएको हो - बारम्बार 'हेड' हान्ने खेलाडीमा देखिने जोखिम। खेलको हारजितजस्तो यो भने गलत सावित हुन सक्दैन। अर्थात्, जोखिमको विषय अनुसन्धानहरुले पुष्टि गरेको छ।

फुटबललार्इ टाउकाबाट प्रहार गर्दा (हेडर) मस्तिष्कमा गहन चोट पुग्न सक्ने अध्यनहरुले देखाएको छ। यसबाट डिमेन्सिया हुन्छ।  डिमेन्सया अर्थात् बिर्सने बानी।  फुटबल हेड गरेकै कारण खेलाडीहरुको 'सर्ट टर्म' - 'लङ्ग टर्म मेमोरी लस' हुनेमात्र हैन बानी र व्यवहारमा पनि परिवर्तन देखापर्छ।

सोही कारण खेलाडीको जीवन मात्र नभइ परिवारिक जीवन पनि प्रभावित हुन सक्छ।

धेरै हेड प्रहार गर्ने खेलाडीहरुको खेल गतिविधिमै असर पर्ने अध्यनहरुले देखाएको छ। किनकि हेड गर्दा मष्तिकमा चोट लाग्ने सम्भावना अधिक हुन्छ।

युनिभर्सिटी अफ स्ट्रिलिङ्गले गरेको अध्ययनले टाउकोसँग क्रमिक रुपमा भइरहने टकरावले खेलाडीहरुको मस्तिष्कमा गहन चोट पुग्न सक्ने देखाएको छ। 

पूर्व इङ्गल्याण्डका स्ट्राइकर जेफ एस्टेलेको डिमेन्सियाबाट ५९ वर्ष उमेरमा २००२ मा मृत्यु भएको थियो। उनको मष्तिकमा गहन चोट लागेकाले उनको मृत्यु भएको निष्कर्ष निकालिएको थियो। उनको मृत्युको कारणलार्इ 'इन्डस्ट्रियल डिजिज' भनिएको छ

एस्टेलेको मस्तिष्कको पुनः परीक्षण गर्दा 'क्रोनिक ट्रामाटिक इनसेफ्यालोप्याथ' नामक मस्तिष्कमा लाग्ने रोगबाट पीडित रहेको पत्ता लागेको थियो। यो रोग मृत अमेरिकी फुटबल खेलाडी, बक्सर र रग्बी खेलाडीमा पनि देखिएको थियो।   

अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका प्रोफेसर माइकल लिपटनका अनुसार हेडिंग मस्तिष्कमा चोट लाग्नुको सम्भावित कारण हो। यो खेलाडीको नियन्त्रणमा हुन्छ र यसको परिणामहरू रोक्न सकिन्छ। अर्थात् हेडिङ नगर्ने खेलाडीले यो पीडाबाट मुक्ति पाउन सक्छन्।
 
अनुसन्धानकर्ताहरुले १९ फुटबल खेलाडीहरुलार्इ २० पटक हेडर हान्न लगाएका थिए। हेडर हान्नुअघि र पछि उनीहरुको मस्तिष्कको स्मरण शक्तिको अध्ययन गरिएको थियो। उनीहरुको फेरि २४ घण्टा, ४८ घण्टा र २ हप्तापछि पुनः परीक्षण गरिएको थियो। पहिलो चरणमै मस्तिष्क संचालनमा अवरोध भएको फेला परेको थियो। हेडिङपछि उनीहरुको स्मरण शक्ति पनि कम हुँदै गएको तथ्य उक्त अध्य्यनले देखाएको छ।

फ्रन्टियर्स इन न्युरोलोजी जर्नलका लागि ३८० फुटबल खेलाडीहरुमा एक सर्वेक्षण गरिएको थियो। सबैभन्दा बढी हेडिङ गर्ने खेलाडीहरुको गति र ध्यानमा केही कमी आएको थियो। त्यसको एउटै कारण थियो, मष्तिकमा निरन्तर चोट लाग्नु। 
 

चिकित्सकहरुका अनुसार सबै स्तरका फुटबल खेलाडीहरू र खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूको सुरक्षा गर्न आवश्यक भइसकेको छ। फुटबलबाट खेलाडीको मस्तिष्कमा गहिरो प्रभाव पर्नेप्रति खेलाडीहरु सचेत हुनुपर्ने देखिन्छ। यो विभिन्न अनुसन्धानले प्रमाणित गरेको तथ्य हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell