PahiloPost

May 15, 2026 | १ जेठ २०८३

भाइरल 'डान्सिङ अंकल' बने नगरपालिकाको ब्रान्ड एम्बासडर



पहिलोपोस्ट

भाइरल 'डान्सिङ अंकल' बने नगरपालिकाको ब्रान्ड एम्बासडर

यतिखेर इन्डियन मिडिया र सामाजिक सञ्जालमा भाइरल छन् 'डान्सिङ अंकल'। डान्सिङ अंकल उर्फ सञ्जिव श्रीवास्तव। विवाह समारोहमा श्रीमतीसँग स्टेजमा उक्लिएर नाचेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो।

गत सातादेखि बलिउड कलाकारदेखि आम मान्छेको प्रोफाइलहरुमा उनको डान्स सेयर भएका छन्। १ जुनका दिन खोलिएको उनको ट्विटर अकाउन्टमा पनि साढे चार हजार बढी फलोअर्स भइसकेका छन्। उनले ट्विटरमा राखेको बायो अनुसार इन्जिनियरिङका प्रोफेसर हुन्। उनका अनुसार उनी बलिउड अभिनेता गोविन्दा र मिथुन चक्रवर्तीका गीतहरुमा नाच्न रुचाउँछन्। 
 


अहिले धेरैले प्रयोग गर्दै आएको म्युजिकल्ली नामको एपमा पनि उनको नृत्यलाई कपी गर्नेहरु देखिएका छन्।

बीबीसीसँगको संवादमा उनले भनेका छन्,'मैले सोचेको थिइनँ म मेरो डान्स मुभ्सका कारण चर्चामा आउँछु भन्ने।'

मध्य प्रदेशका ४६ वर्षीया श्रिवास्तवाले आफू १० वर्षको उमेरदेखि नाँच्न थालेको बताएका छन्। आफन्तको विवाहमा कोही नजिकको व्यक्तिले रमाइलोको लागि उक्त भिडियो लिएको थियो। तर, भिडियोको देन उनलाई नगरपालिकाको ब्रान्ड एम्बासडर बनाएको बीबीसीमा जनाइएको छ। 

उनले आफ्नो युट्युब च्यानल बनाएर नयाँ भिडियोहरु अपलोड शूरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell