PahiloPost

May 15, 2026 | १ जेठ २०८३

क्रिकेटर सन्दीप लामिछानेले पहिलो गीत ‘उदास’ सार्वजनिक



पहिलोपोस्ट

क्रिकेटर सन्दीप लामिछानेले पहिलो गीत ‘उदास’ सार्वजनिक

काठमाडौं : क्रिकेट खेलेर विश्वभर चर्चा कमाएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अब गायक भएका छन्।

उनले बुधवार आफ्नो पहिलो गीत उदास सार्वजनिक गरेका हुन्।  क्रिकेटसँगै गीतसंगीतमा समेत रुचि राख्ने सन्दीपले यसअघि नै गीतको ट्रेजर सार्वजनिक गरेका थिए।

सन्दीपले आफ्नो पहिलो गीत सार्जनिक गर्न पाउँदा एकदमै खुशी लागेको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले लर्ड्समा विश्व ११ बाट खेल्दै टी-२० इन्टरनेशनल म्याचमा समेत डेब्यु गरिसकेका छन्। १७ वर्षीय लेगस्पीनर सन्दीप आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग खेल्दैछन् भने केही दिन अघि मात्र क्यानडियन लिगमा अनुबन्ध भएका छन्। जहाँ उनले मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell