PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघले गर्‍यो चक्काजाम



पी बी खड्का

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघले गर्‍यो चक्काजाम

सुर्खेत: पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले कर्णालीमा आन्दोलन सुरु गरेको छ। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने भन्दै अपरान्ह् ४ बजे देखि ५ बजे १ घण्टा सडक चक्का जाम गरेको छ। यातायातका साधन कुनै पनि चल्न नदिएर सडक अवरुद्ध गरेको थियो। 

संघीय सरकारले यो निर्णय तत्काल फिर्ता नगरे चरण बद्ध आन्दोलन गर्न बाध्य हुने मध्यपश्चिमाञ्ल विश्वविद्यालय नेविसंघका अध्यक्ष यज्ञ रामजालीले बताए। 

सरकारले सय दिनमा ५ पटक पेट्रोलीयम पदार्थको मुल्य वृद्धि गराएर दुखी गरिबको ढाड सेक्न खोजेको  आरोप लगाए।
 
‘सरकारले अरु प्रगति गर्न सकेन, विद्यार्थी र सोझा जनता माथि सय दिनमा पेट्रोलिय पदार्थको भाउ बढाएर ढाड सेक्दै छ।’ उनले भने,‘तत्काल मूल्य अभिवृद्धि फिर्ता नगरे कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ।’

सरकारले विद्यार्थी र सोझा जनतामाथि अनावश्यक खेलवाड गरेको भन्दै उनले यस्तो अनैतिक गतिविधि अन्त्य गर्न समेत आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell