PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना, भोलि चक्काजाम



राधेश्याम पटेल

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना, भोलि चक्काजाम

वीरगंज: सरकारले विगत दुई महिनामा पटकपटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको वीरगंजका विद्यार्थीहरुले विरोध गरेका छन्। का‌ंग्रेस निकट नेपाल विद्यार्थी संघले आज जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि मुल्य वृद्धि फिर्ता लिन माग गर्दै १ घण्टा धर्ना दिदैं विरोध गरेको हो।

संघका पर्सा संयोजक अध्यक्ष दिलिप राज कार्की को अगुवाइमा गरिएको धर्नामा केन्द्रीय सदस्य सुधीर पटेललगायत अन्य विद्यार्थी नेताहरुले हातमा पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर लगायतको नारा लेखेको पोस्टर पम्पलेट लिएर नाराबाजी गरेका थिए।

पेट्रोलियमा बढाइएको मुल्यको विरोधमा संघले यसअघि स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। संघले भोलि चक्काजाम गर्ने कार्यक्रम राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell