PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

लापरबाहीले लाग्यो ड्राइपोर्टमा आगो, ४ करोडको क्षति

लापरबाहीले लाग्यो ड्राइपोर्टमा आगो, ४ करोडको क्षति

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज: वीरगंजको र्सिसिया सुक्खा बन्दरगाहमा गए राति साढे १० बजेको समयमा सर्ट सर्किट भएर आगलागी भएको छ। रेल्वे र्‍याकबाट कन्टेनर लोड अनलोड गर्ने मेसिन रिच–स्ट्रिकरमा आगो लाग्दा करिब ४ करोड नेपाली रुपैयाँको क्षति भएको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल प्रालिले जनाएको छ।

‘राति साढे १० बजे मेसिनको मुनिबाट विद्युत सर्ट भइ धुवाँ फाल्न थाल्यो, चालक बल्ल कुदेर ज्यान जोगाए, अहिले आगो निभिसकेको छ,’प्रालिका सिइओ विष्णुकान्त चौधरीले भने । ०२०–०१४९ नं को रिच–स्ट्रिकरमा आगो लाग्दा पूर्ण रुपमा नष्ट भएको छ।

उनका अनुसार राति ११ बजेको समयममा वीरगंज महानगर र पोखरिया नगरपालिकाबाट गएको वरुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। रिच–स्ट्रिकरका चालक भारत बिहार सीतामढिका सुशिल राउत मेसिनबाट ज्यान बचाउन हाम फाल्दा उनको हातमा चोट लागेको र उनको उपचार हाल वीरगंजस्थित नेसनल मेडिकल कलेजमा भइरहेको छ। 

ड्राईपोर्टमा हाल ७ वटा रिच–स्ट्रीकर रहेका छन्। एउटा रिच–स्ट्रीकरले ४÷५ घण्टामा ९० वटा कन्टेनर रहेको एक र्‍याक सामान लोड अनलोड गर्न सक्छ। बन्दरगाह सञ्चालनपछि यो रिच–स्ट्रिकरमा आगलागीको पहिलो घटना हो। यस विषयमा बन्दरगाह हेर्न नेपाली निकाय नेपाल ईन्टरमोडल यातायात विकास समितिले ड्राईपोर्ट सञ्चालन गर्ने ठेकेदार कम्पनी हिमालयन टर्मिनलको लापरवाहीको कारण घटना भएको आरोप लगाएको छ।

पटकपटक आगलागी नियन्त्रणको लागि आवश्यक उपकरण तथा सुरक्षा प्रबन्ध मिलाउन ताकेता गर्दै आाएकोमा चासो नदिएको समितिका सिर्सिया सुक्खा बन्दरगाहस्थित कार्यालयका अधिकृत तर्कराज जोशीले बताए।


ट्रेन्डिङ पोस्ट

Ncell