PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'मेची महाकाली ट्यालेन्ट'को काठमाडौं अडिसन शनिबार



पहिलोपोस्ट

'मेची महाकाली ट्यालेन्ट'को काठमाडौं अडिसन शनिबार

काठमाडौं:  मोफसलका ६ शहरहरुमा अडिसन सकिएसँगै 'मेची महाकाली ट्यालेन्ट' प्रतियोगिताको काठमाडौं अडिसन शनिबार हुने भएको छ। 
आयोजक टिमका अनुसार मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजेबाट अडिसन सुरु हुनेछ।   

यसअघि सोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका ठाउँमा भइसकेका छन्। इच्छुक प्रतियोगीले सोका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक टिमका देब मगरले जनाएका छन्। 

ग्रेड वान मिडिया प्राइभेट लिमिटेड आयोजित सोका विजेताले २१ लाख नगद उपहार पाउनेछन्। प्रतियोगितामा  गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ। कलाकार सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर विष्ट सोका निर्णायकहरु हुन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell