PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीमा पनि हेल्लो मुख्यमन्त्री : आमाको हत्यारालाई कारवाही गर्न माग गर्दै प्रेम सार्कीको 'कल'



पी बी खड्का

कर्णालीमा पनि हेल्लो मुख्यमन्त्री : आमाको हत्यारालाई कारवाही गर्न माग गर्दै प्रेम सार्कीको 'कल'

सुर्खेत: कर्णाली प्रदेश सरकारले हेल्लो मुख्यमन्त्री हटलाइन सेवा र प्रदेशको वेबसाइट सुरु गरेको छ। जनताकाबीच प्रदेशको सूचना र जानकारी सहज तरिकाले पहुँच पुर्‍याउनका लागि प्रदेश सरकारले यो सेवा सुरु गरेको हो। 

अबदेखि जनताले प्रत्यक्ष मुख्यमन्त्री कार्यालयमा सीधै हटलाइन टेलिफोन नं. १०९६ मा फोन गरी आफ्नो गुनासो र समस्या राख्न पाउने भएका छन्। उक्त टेलिफोन नम्बरमा फोन गर्दा कुनै पनि शुल्क नलाग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै, कर्णाली प्रदेशको www.karnali.gov.np वेबसाइट समेत सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकारसँग सम्बन्धित कुनै पनि जानकारी तथा भए गरेका सम्पूर्ण गतिविधि राख्ने गरी वेबसाइट सञ्चालनमा ल्याइएको हो। 

वेबसाइटमा प्रदेशका मन्त्रालयको परिचयसहित सर्वसाधारणलाई चाहिने आवश्यक जानकारी राखिएको छ। साथै नेपालको स्थानीय तह र प्रदेश स्थानीय तह समेतको जानकारीहरु आवश्यक तथ्यांक, मन्त्रालयको कर्मचारी विवरण, मन्त्रालयका क्रियाकलाप काम, लगायत मन्त्रालयमा पुग्न सकिने नक्सा समेत राखिएको छ। 

आउन थाले नागरिकका गुनासा

हेल्लो मुख्यमन्त्री हटलाइन सेवाको शुभारम्भ गरे लगत्तै फोन गरेर नरहरीनाथ गाउपालिका वडा नं. ९ कालिकोटका प्रेम सार्कीले आफनी आमा मना सार्कीको हत्यारालाई कारवाही गर्नुपर्ने माग गरे।  

त्यसैगरी, रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक वाँठामगर त्रिभुवन जनता आधारभुत मावि र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो मुख्यमन्त्री सामु सुनाए। 
 

५ महिनामा प्रत्येक स्थानीय तहमा इन्टरनेट 

कर्णाली प्रदेश डिजिटल बनाउन लागि परेको भन्दै मुख्यमन्त्री शाहीले यो सेवा सञ्चालनले सहयोग पुग्ने बताए। प्रदेश सूचना र प्रविधिको पहुँच बाट पछि परेको  भन्दै अब यहाँका नागरिकलाई छिटो र सरल तरीकाले सूचनाको पहुँच विस्तार गर्ने बताए। ‘कर्णालीमा सवै नागरिक सामु सूचना पुर्‍याउन जरुरी छ।’ उनले भने,‘१०९६को  हटलाइन टेलिफोनमा सम्र्पक गरी कुनै पनि समस्या, गुनासा राख्न सक्नेछन्, यसमा फोन गर्दा कुनैपनि शुल्क लाग्ने छैन्।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell