PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

म्याच फिक्सिङमा सफाइ पाएपछि सागर थापा : अब प्रतिबन्ध फुकुवाको पहल गर्छौं



पहिलोपोस्ट

म्याच फिक्सिङमा सफाइ पाएपछि सागर थापा : अब प्रतिबन्ध फुकुवाको पहल गर्छौं

काठमाडौं : अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिएको छ। 

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरिसकेको छ।

सफाइ पाएलगत्तै पहिलोपोस्टसँगको कुराकानीमा पूर्व कप्तान सागर थापाले ‘एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न पहल गर्न’ बताएका छन्। उनले भने, 'अबको हाम्रो पहिलो प्राथमिकता प्रतिबन्ध फुकुवा गर्नु नै हो। फेरि एकपटक निष्पक्ष रुपमा छानविन हुनुपर्यो।'

एएफसीले सकारात्मक निर्णय दिए फेरि खेल जगतमा लाग्ने कप्तान थापाले बताए। महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तान सहित ६ जनालाई पक्राउ गरेको थियो। २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। फुटबल क्षेत्रबाट बाहिरिएर बिताउनुपरेको तीन वर्ष एकदमै कठिन क्षण भएको थापाले सुनाए। आज सफाइ पाउँदा एकदमै खुशी लागेको छ। यो समय एकदमै ग्राहो थियो।'

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्वकप्तान सागर थापा,  पूर्व गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री, र उपकप्तान सन्दीप राईलाई सफाई दिने फैसला गरेको अदालतका सह-रजिस्ट्रार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell