PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

के फुटबल स्वास्थ्यका लागि जोखिमपूर्ण हो?



पहिलोपोस्ट

के फुटबल स्वास्थ्यका लागि जोखिमपूर्ण हो?

विश्वकपको महाकुम्भ 'विश्वकप'  सुरु हुन अब केही दिनमात्र बाँकी छ। विश्वकपका हरेक खेलमा खेलाडी मैदान प्रवेश गर्न तयार छन्  भने दर्शकहरु खेलको मज्जा लिन आतुर।

यो लेख विश्वकपमा कस्ले जित्छ र हार्छ भन्नेमा आधारित छैन। यसमा कुनै पनि टिमको सबल र दुर्वल पक्षको चर्चा गरिएको छैन। यो फुटबल खेलाडीहरुको स्वास्थ्यसँग सम्बन्धित छ।

फुटबल विश्वकै एक पपुलर कल्चर हो। विश्वभर फुटबलको क्रेज नम्बर वानमै छ। फुटबलको क्रेज जस्तो छ जोखिम पनि उस्तै। फुटबल खेलाडीहरुले शारीरिक चोटमात्र होइन मानसिक तनावको पनि सामना गर्नुपर्ने हुन्छ। 

विभिन्न अध्ययन अनुसन्धानहरुको मुख्य निष्कर्ष छ - 'फुटबल खेलाडीहरुमा कडा उत्तेजना र अत्याधिक हिंसा गर्ने प्रकृति हुन्छ।'
 
फिलिप स्टबब्सले आफ्नो पुस्तक  'एनाटोमी अफ एब्युसेस' मा लेखेका छन, 'खेलाडीका गर्दन सुन्निन्छ। कहिले  तिनीहरूका घाँटी भाचिन्छ। कहिले खेलाडीहरुका हात तथा खुट्टाहरू चोटग्रस्ट हुन्छ। कहिले नाकबाट रगत बाहिर निस्किरहेको हुन्छ,' उनले भनेका छन, 'फुटबलले ईर्ष्या र घृणालाई प्रोत्साहित गरिरहेको हुन्छ। कहिलेकाहीँ त लडाइँ, हत्या र रगतको ठूलो हानी भएकोसमेत देखिन्छ।'

फुटबल मानिसको स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने तर्क गर्नेहरु पनि उत्तिकै छन्। १९८१ मा मर्चेन्ट टेलर्स स्कूलका प्राध्यापक रिचर्ड मल्लस्टरले लेखेका छन्, 'फुटबलले स्वास्थ्य र बलियो हुन ठूलो मदत गरेको छ। फुटबलले सम्पूर्ण शरीरलाई स्फुर्ति दिन मद्दत गर्छ।'

१९ औं शताब्दीमा धेरै अनुसन्धानकर्ताहरुको तर्क थियो - 'फुटबलले काम गर्ने वर्गहरूको स्वास्थ्य सुधार गर्ने सम्भावना बोक्छ।' 

केही  विश्व चर्चित डाक्टरहरू भने फुटबलबाट स्वास्थ्य राम्रो हुने कुरामा असहमत जनाउँछन्। डि लेसेनटमा प्रकाशित एक लेखमा फुटबल खेलबाट खेलाडीहरुको स्वास्थ्य दीर्घकालीन रुपमा गम्भीर खतरा हुनसक्ने बारे सचेत गराइएको छ। उक्त लेखमा भनिएको छ, 'खेलाडीको स्वास्थ्य जब धरापमा पर्छ तब खेलाडीले हेडर प्रहार गर्छ।

एस्टन भिल्लाबाट खेलेका आर्ची हन्टरले भनेका थिए, 'फुटबलरहरुको स्वास्थ्य प्रायः फुटबल खेलिरहेको कारणले  नै बिग्रने गर्छ।' खेल्दै गर्दा हर्ट अट्याक सामना गरेका हन्टर फूटबलबाट सन्यास लिन बाध्य भएका थिए। उनको ३५ वर्षमा मृत्यु भएको थियो। 

विश्वका धेरै खेलाडीहरु छन् जसले फुटबलकै कारण स्वास्थ्य बिग्रेर ज्यान गुमाए। यूसुफ पावेल, दी जोन्स, थोमस ब्लैकस्टोक, फ्रैंक लेवीक, जेम्स मिल्ने, बब बेन्सन, टम बटलर, सैम वाइन, जोन थोमसनर जिमी थोरपे त्यसका उदाहरण हुन्।

उल्भ्स र इङ्ग्ल्याण्डका स्टान कुल्लिज एभरटनसँगको खेलका बीचमै अचानक बेहोश भएका थिए। उनलाई डाक्टरहरूको चेतावनी थियो- अर्को पटक फेरी बेहोश भएमा उनको मृत्यु हुनसक्छ। कुल्लिज लगायत धेरै फुटबल खेलाडीहरु डिमेन्सियाबाट (बिर्सने रोग) प्रभावित हुनपुगेका थिए। 
न्यूरो रोग र व्यावसायिक फुटबलबीच सम्भावित सम्बन्धका बारेमा अनुसन्धान गरिएको थियो। २००७ न्यूरोलोजिस्ट अमर अल-क्लबीबीले फुटबल एसोसिएसनलाई 'न्यूरोन रोग' र फुटबल खेल बारे जानकारी गराएका थिए। डोन रेभी, जिमी जोनस्टोन र रोब हिन्दमार्चको 'मोटर न्यूरोन' रोगबाट मृत्यु भएको तथ्य खुलेको थियो।

धेरै शीर्ष इटालियन फुटबलरहरु पनि मोटर न्यूरोन रोगबाट पीडित थिए। यसमा ग्रिउलानन सिग्रोनी,एड्रियानो लोम्वार्दी र स्टेफन बोर्जोनवो रहेका थिए। यस रोगका विशेषज्ञ एड्रियान चियोका अनुसार मोटर न्यूरोन रोग अरुलार्इ भन्दा फुटबल खेलाडीहरुलार्इ ७ गुणा बढी लाग्ने सम्भावना हुन्छ। १९७३ देखि यता ४१ खेलाडी भन्दा बढी यो रोगबाट पीडित भएका छन्।

एक अनुसन्धानका अनुसार, मोटर न्यूरोन रोगको कारण शारीरिक चोटको सामना गर्न अपनाइने पद्धति र बारम्बार हेडरको प्रयोगलाई जनाइएको छ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनले प्रकाशित गरेको एक अध्ययनमा २०२ मृत फुटबल खेलाडीको  मस्तिष्क अध्ययन गरिएको थियो। १७७ जनामा 'क्रोनिक ट्राम्याटिकबाट ग्रस्त रहेको तथ्य उजागर गरेको थियो। भेट्रान खेलाडीहरुको ९९ प्रतिशत मस्तिष्कमा क्षति भइकेको थियो। अरु फुटबल खेलाडीहरूको पनि मष्तिक प्रभावित हुँदै गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell