PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रदेश २ को सरकारबाट हट्दैनौं : राजेन्द्र महतो



पहिलोपोस्ट

प्रदेश २ को सरकारबाट हट्दैनौं : राजेन्द्र महतो

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलको बैठकले प्रदेश २ को सरकारबाट कुनै पनि हालतमा नहट्ने निर्णय गरेको छ।
प्रदेश २ को गठबन्धनको सरकार कायम रहने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए। पहिलोपोस्टसित उनले भने,‘त्यहाँ कुनै हेरफेर हुँदैन। प्रदेश २ को सहकार्य जारी रहनेछ।’

वर्तमान सरकारलाई आफ्नो दलको पनि समर्थन रहेको उनले बताए।

फोरम नेपालले मधेशी गठबन्धनको भावना विपरित केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राजपाका नेताहरुले प्रदेश २ को सरकारबाट आफूहरु बाहिरिने बताएका थिए।

उक्त विषयलाई राजपाले खण्डन गर्दै विज्ञप्ति जारी गर्दैछ।

राजपा र फोरम सहभागी मधेशी गठबन्धन केन्द्रमा यसअघि नै विघटन भइसकेको छ। प्रदेश २ मा गठबन्धन कायम रहेको राजपा नेताहरुको भनाइ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell