PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अर्थमन्त्री ब्याक हुँदा पनि सेयर बजार ओरालोतिरै!



पहिलोपोस्ट

अर्थमन्त्री ब्याक हुँदा पनि सेयर बजार ओरालोतिरै!

काठमाडौं : साताको अन्तिम दिन बिहीबार शेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सुचक २३.९७ अंकले घटेर १२५८.७८ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३ अंकले घटेर २६४.९० अंकमा झरेको छ।

बोनस र पूँजीगत लाभकर विवादपछि खुलेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको थियो तर बिहीबार त्यसले निरन्तरता पाएन। बिहीबार कारोवारको सुरुवातमा थोरै बढेको बजार त्यसपछि भने निरन्तर घटेको थियो।

पछिल्लो समय देखिएको व्याजदरको समस्या र त्यसपछि आएको करको विवादले लगानीकर्ताको मनोबल खस्किएकोले बजार घटेको बजार जानकारको भनाइ छ।

बिहीबार १६६ कम्पनीका १४ लाख ४१ हजार कित्ता शेयर ४६ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी मेगा बैंकको दुई करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

नौ समूहको कारोवारमा सबै समुहका उपसूचक घटेका छन्। बैंक २०.७५, होटल ३९.३९, विकास बैंक २४.४५, जलविद्युत ३५.५९, फाइनान्स ५.६६, बीमा १७४.७,६  उत्पादनमुलक १६.८, अन्य १४.७८ र लघुवित्त ३५.५४ अंकले घटेका छन्।

बिहीबार सबैभन्दा बढी समता माइक्रोफाइनान्सका शेयरधनीले करिब चार प्रतिशत कमाए। नागवेली लघुवित्त विकास बैंकका शेयरधनीले सबैभन्दा करिव आठ प्रतिशत गुमाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell