
अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा रौनियारलाई जिते तेस्रो पुरस्कार
यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र विकास सम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो उपाधी जितेका छन्।
नेपालस्थित डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यालयमा कार्यरत उनले बेल्जियमको ब्रसेल्समा आयोजित समारोहमा पुरस्कार ग्रहण गरे।
"दीर्घकालीन उर्जामा माहिला सशक्तिकरण" विषयक प्रतियोगितमा पेरु र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन्।
रौनियारको तस्बिरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउँदा आएको सकारात्मक परिवर्तन देखाइएको छ।
पुरस्कार प्राएपछि रौनियारले भने, ‘यस पुरस्कारले यूरोपली देशहरुको नेपाल जस्ता विकासशील देशका मुद्दामा चासो रहेको देखाउँछ।‘
प्रतियोगितमा ७० भन्दा बढी देशका ९९ फोटो प्रतिस्पर्धाका लागि छानिएका थिए। आनलाइन भोटद्वारा ३० उत्कृष्ट फोटो छानिएका थिए। तीन फोटोहरु भने यूरोपेली कमिसन स्थित अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयका प्रतिनिधि तथा बाहिरी फोटोग्राफरद्वारा छानिएका थिए।