
रसियामा फिफा विश्वकप फुटबल सुरु हुनु एक साता अघि फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ। विश्वकपअघि फिफाले जारी गरेको नयाँ वरीयतामा आयोजक रसिया विश्वकप खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको छ।
यसअघि रसिया ६६औँ वरीयतामा थियो साउदी अरेबिया भन्दा अगाडी थियो। तर फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा रसियामा ७०औँ स्थानमा झरेको छ।
सावित विजेता जर्मनी शीर्ष स्थानमा यथावत रहँदा ब्राजिल दोस्रो बेल्जियम तेस्रो पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौ स्थानमा यथावत छ। यस्तै स्वीट्जरल्याण्ड छैटौँ सातौँ स्थानमा कायम रहँदा दुई स्थान सुधार गरेको पोल्याण्ड आठौँ स्थानमा उक्लेको छ। चिली नवौँ स्थानमा यथावत छ भने स्पेन दुई स्थान तल झर्दै दशौँमा पुगेको छ।
आयोजक रसियाले जुन १५ मा ६७औँ स्थानको साउदी अरेबियासँग लुजनिकि स्टेडियममा विश्वकपको उद्घाटन खेल खेल्नेछ।
यता नेपालले पनि वरीयतामा ३ स्थान सुधार गरेको छर दक्षिण एसियामा भारत (९७) र माल्दिभ्स (१५०) पछि तेस्रो स्थानमा रहेको नेपाल नयाँ वरीयता अनुसार १६१ औँ स्थानमा छ।
यस्तै एक स्थान सुधार गर्दै भुटान १८३ तथा ३ स्थान सुधार गरेको बंगलादेश १९४ औँ स्थानमा उक्लेको छ। श्रीलंका २००औँ स्थानमा यथावत छ।