PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हाइजम्पमा प्रभुको कीर्तिमान



पहिलोपोस्ट

हाइजम्पमा प्रभुको कीर्तिमान

काठमाडौं : प्रदेश ५ का प्रभु थारुले दशौँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत छात्र हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बिहीवार कायम गरेका छन्

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रभुले १.७६ मिटर जम्प गरे। यसअघि उक्त कीर्तिमान नरेश चौधरीको नाममा थियो। नरेशले २०७१ सालमा भएको राष्ट्रपति रनिङ शिल्डमै १.७३ मिटरको कीर्तिमान बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell