PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नुवाकोट गोल्डकप : पोखरा-११ लाई हराउँदै पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त



पहिलोपोस्ट

नुवाकोट गोल्डकप : पोखरा-११ लाई हराउँदै पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

नुवाकोट : पोखरा-११ लाई पेनाल्टी सुटबउटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ।

बट्टारस्थित खेल मैदानमा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पोखरालाई पेनाल्टीसुटआउटमा ३–२ गोल अन्तरले हरायो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो। पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे। पुलिसका अजित भण्डारी र भोला सिलवाल पेनाल्टीमा गोल गर्न असफल रहे।

कास्कीका तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरे। कास्कीका विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको पेनाल्टीमा गोल गर्न सकेनन्।

अब पिलसले उपाधिका लागि शनिवार रुस्लान थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell