PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्वकपअघि वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी



पहिलोपोस्ट

विश्वकपअघि वार्मअप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल र उरुग्वे विजयी

रसिया विश्वकप सुरुअघिको वार्म अप म्याचमा इंग्ल्याण्ड, पोर्चुगल, उरुग्वे विजयी भएका छन्।

इंग्ल्याण्डले कोस्टारिकालाई २-० ले पराजित गरेको हो। थ्री लायन्सका लागि मार्कोस रासफोर्ड र  ड्यानी वेलब्याकले एक-एक गोल गरे।

यस्तै पोर्चुगलले अल्जेरियालाई ३-० ले हरायो। गोन्सालो गुएडेसले २ तथा ब्रनो फर्नान्डेजले १ गोल गरे।

यस्तै उरुग्वेले उज्वेकिस्तानलाई ३-० ले पराजित गर्‍यो। उरुग्वेका लागि लुइस सुवारेज, डे अरासकेएटा र जोस गिमिनेजेले एक-एक गोल गरे।

यस्तै पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डले वार्मअफ म्याचमा घानासँग २-२ गोलको बराबरी खेलेको छ। करी अर्मासन र अल्फ्रेड फिगोसानको गोलबाट आइसल्याण्डले २ गोलको अग्रता बनाएपनि घानाका लागि कसिम नुहु र थोमसले बराबरी गोल गोल फर्काए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell