PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने
Photo: NDTV.com

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन्।

केही हप्ता अघि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्न लागेका हुन्।

त्यतिवेला उनीहरुबीच भएको भेटवार्ताका क्रममा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो।

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको हो। साङघाइ कोअप्रेसन अर्गनाइजेसनको अवसरमा भेट हुन लागेको हो।

उनीहरुबीच द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल हुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell