PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रदेश ५ मा आज नीति तथा कार्यक्रम, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने



चन्द्रकान्त खनाल

प्रदेश ५ मा आज नीति तथा कार्यक्रम, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने

रुपन्देहीः प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम आज प्रदेशसभामा पेस गर्दैछ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। 

मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए। 

नीति कार्यक्रम पेस गर्न दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

चालु आर्थिक वर्षमा निरन्तर रहेका र केही अद्यावधिक योजना नीति तथा कार्यक्रममा समावेश गरिएका छन्। नीति कार्यक्रममा कृषिलाई उच्च प्राथमिकता दिने र उद्योग तथा पर्यटनलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिइएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र केही अन्य कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell