PahiloPost

May 15, 2026 | १ जेठ २०८३

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या



पहिलोपोस्ट

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

लहानः सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ।

नेपाल—भारत सीमाबाट करीब ५०० मिटरको दूरीमा मात्र रहेको घटनास्थलबाट अभियुक्त यादव सीमापार हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाइ गरिएको प्रहरी नायब उपरीक्षक भेटवालले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell