काठमाडौं: यो साता शुक्रबार प्रदर्शनमा कलाकार बुद्धि तमाङका दुइ फिल्म छन् - 'चङ्गा' र 'मट्टी माला'।
किशोर भण्डारी ‘डिट्ठासाब’को निर्देशनमा बनेको फिल्म 'चङ्गा' कमेडी विधाको फिल्म हो। फिल्ममा बुद्धिसँगै कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा लगायतको अभिनय छ। रेश्मा तिमिल्सिना फिल्मकी निर्मात्री हुन्।फिल्ममा निर्देशक भण्डारीकै कथा रहेको छ।
त्यस्तै कमेडी विधामा बनेको बुद्धि अभिनित अर्को फिल्म 'मट्टी माला' हो। टेके पौरखी राईको निर्देशनमा फिल्म बनेको छ। प्रियांका कार्की, रजनी गुरुङ, अरुणा कार्की लगायतका कलाकार बुद्धिसँगै फिल्ममा देखिनेछन्।
रजनिकांत अभिनित बलिउड फल्म 'काला' पनि यो साता प्रदर्शनमा आएको छ। एक्सन विधाको फिल्ममा रजनिकांतसँगै नाना पाटेकरको अभिनय रहेको छ। रंजित निर्देशित फिल्म बाहेक अन्य बलिउड फिल्म नेपाल प्रदर्शनमा आएनन्।