PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

सचिनका छोरा अर्जुन तेन्दुलकर राष्ट्रिय टिममा



पहिलोपोस्ट

सचिनका छोरा अर्जुन तेन्दुलकर राष्ट्रिय टिममा

भारतिय चर्चित क्रिकेटर सचिन तेन्दुल्करका छोरा अर्जुन तेन्दुल्कर भारतको यू-१९ राष्ट्रिय क्रिकेट टिममा अटाएका छन्।

आगामी जुलाईमा श्रींलका टुरका लागि अर्जुनलाई टिममा राखिएको हो। अर्जुन सहितको टिमले श्रींलकामा ५ एक-दिवसीय र दुईवटा चारदिवसीय खेल खेल्नेछ।

मास्टर ब्लास्टर सचिनले आफ्नो छोरो राष्ट्रिय टोलीमा पर्नु उनको लागि कोशेढुङ्गा साबित भएको प्रतिक्रिया दिएका छन।

चर्को मिडियाबाजी एकातिर भएपनि प्रशिक्षकहरु अर्जुनले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन।

गत जनवरीमा बीबीसीसँगको अन्तर्वार्तामा जुनियर तेन्दुलकरले भारतको लागि खेल्नु आफ्नो सपना भएको बताएका थिए। 'म कडा मेहनत गर्दैछु। त्यो नै मेरो लागि अन्तिम सपना हो।'

आफ्ना बुवा भन्दा ठुला कद भएका अर्जुन, बायाँ हाते फास्ट बलर एवं ब्याट्सम्यान हुन\।

सचिनको नाम जोडेर धेरैले उनलाई मानसिक रुपमा दवाव दिएता पनि उनी प्रेसर लिएर भने खेल्न नरुचाउने बताँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell