PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रम ओलीको मन्त्री र सचिवहरुलाई निर्देशन : साथीभाइ र कार्यकर्ता भन्दैमा अपारदर्शी काम गर्न नदिनुस् 



पहिलोपोस्ट

प्रम ओलीको मन्त्री र सचिवहरुलाई निर्देशन : साथीभाइ र कार्यकर्ता भन्दैमा अपारदर्शी काम गर्न नदिनुस् 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालीन सोच सहित अघि बढ्नु पर्ने बताएका छन्।

मन्त्री तथा सचिवहरुलाई  सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा आज सिंहदरबारमा निर्देशन दिँदै ओलीले देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए। 

प्रधानमन्त्रीओलीले जन अपेक्षा पूरा गर्न सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए।

‘यो सरकार पुजारी जस्ते होइन। बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने। अनि भोलि फेरि उही रित दोहो¥याउने,’ प्रधानमन्त्री ओलीले भने, “देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ। विगतको निरन्तरता मात्र होइन।”

प्रधानमन्त्री ओलीले विकासप्रति नयाँ दृष्टिकोण बनाउनु पर्ने बताए। 

‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस,’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ति योजनाको विषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नुपर्दछ।‘ 

सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 

‘सरकार भ्रष्टाचारप्रति शून्य सहनशील छ। त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस्,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell