PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

तीन महिनापछि संघीय संसदले पायो नियमावली, कांग्रेसद्वारा संशोधन फिर्ता



पहिलोपोस्ट

तीन महिनापछि संघीय संसदले पायो नियमावली, कांग्रेसद्वारा संशोधन फिर्ता

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको नियमावली २०७५ पारित भएको छ। सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि आजको प्रतिनिधिसभाको बैठकबाट नियमावली पारित भएको हो।

फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’ गर्नुपर्ने अडानबाट सत्तारुढ दल पछि हटेपछि सहमति भएको हो। सँगै कांग्रेसले संसदीय समितिको विषयमा लिएको अडान पनि छाडेको छ। कांग्रेसले ७ वटा संसदीय समितिको प्रस्ताव गरेको थियो।

नियमावलीमाथि कांग्रेसले दर्ता गराएको संशोधन फिर्ता लिएपछि सहमतिबाट पारित भएको हो।

छलफलका क्रममा संशोधनकर्ताहरुले प्रस्तुत गरेका संशोधन अस्वीकृत भएको थियो। केही समान्य संशोधनहरु स्वीकृत भएको थियो।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट संशोधनकर्ता मिनेन्द्र रिजालले ‘निलम्बन गर्ने’ शब्द संघीय ऐनमा राख्नुपर्ने बताएका थिए।
संघीय संसद सुरु भएको तीन महिनापछि संसदले नियमावली पाएको हो। बहुमतले पारित भएसँगै नियमावली कार्यन्वयन हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell