PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नक्कली नोट प्रकरण : फिल्म प्रोड्युसर माधव वाग्लेसहित ६ जनाविरुद्ध मुद्दा दर्ता



पहिलोपोस्ट

नक्कली नोट प्रकरण : फिल्म प्रोड्युसर माधव वाग्लेसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : फिल्म निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ‘नक्कली नोटको कारोबार गरेको’ विषयलाई लिएर मुद्दा दर्ता भएको छ। 

तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो।
 
जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। 

निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो। नेपाल राष्ट्र बैंकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। 


६ जना मध्येकै एक २४ वर्षीय महेन्द्र बोगटीले काठमाडौँ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा बिल तिर्दा दिएको नक्कली नोटले नै बाँकीको पहिचान भएको थियो। 

अदालतमा उनीहरुको बयान आइतबार बाट सुरु हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell