काठमाडौं: गायक नवीन के भट्टराई लामो समयपछि नयाँ गीत लिएर दर्शक, श्रोता समक्ष आएका छन्। 'मेरो नाम' बोलको नयाँ गीतको भिडियो उनले सार्वजनिक गरेका छन्।
नरेश देव पन्तको शब्द, इमान बिक्रम शाहको संगीत रहेको गीतको पुरानो प्रविधि (टेप) बाट रेकर्डिङ गरेको छ। डिजीटल प्रविधिबाट सजिलो हुने भए पनि टेपबाट रेकर्डिङ गर्नु राम्रो भएको नबिनले बताए। गीतको भिडियोमा कलाकार टिना राजभण्डारी र संजय भट्टराई फिचर्ड छन्।
गीतमा ज्ञानेन्द्र शर्माको छायांकन छ। निशान घिमिरेले गीतको भिडियो सम्पादन गरेका हुन्।