PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रसिया विश्वकप : पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु



पहिलोपोस्ट

रसिया विश्वकप : पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु

हालका वर्षहरूमा, फिफाले फुटबलमा सबै प्रकारका भेदभाव विरुद्ध लड्न र विविधता बढाउने उद्देश्यले ठोस उपायहरू लागू गर्दैछ। आजसम्म गरेको कामको लागि एक महत्वपूर्ण कदमका रुपमा २०१८ फिफा विश्वकप प्रतियोगितामा इतिहासमै पहिलो पटक भेदभाव विरोधी निगरानी प्रणाली लागु गर्दैछ।   जसबाट रेफ्रीहरुले केही भेदभाव युक्त व्यवहार भएको पाएमा खेललार्इ रोक्न, स्थगित गर्न र त्यस्तो व्यवहार नरोकिएको खण्डमा खेल छोड्न नि सक्दछ।

फिफाका सचिव फाटामा समुरा भन्छन् 'गत वर्षको फिफा कन्फिडरेसन कपको वातावरण धेरै स्वागतिलो र मित्रतापूर्ण थियो। हामी सकारात्मक छौं कि यो विश्वकप पनि विश्वभरका अद्भुत तथा विविध विविधतायुक्त फुटबल प्रेमिहरू जम्मा हुनेछन्।' 'फिफाले भेदभाव विरुद्ध शून्य-सहनशीलताको नीति लिएको छ र यो हामीले यस विषयलार्इ गम्भीरतापूर्वक लिएका छौ‌‍‍। हाम्रा सबै सदस्यलार्इ हामीले गुड प्राक्टिस गाइड दिएका छौ र त्यसैगरी भेदभावरहित वातावरणमा विश्व कप सम्पन्न गराउन हामीसँग भेदभावपूर्ण व्यवहार विरुद्ध उचित कदम चाल्ने उपायहरु पनि छन्।'

रसिया क्वालिरफाइयर र फिफा कन्फेडरेसन कपको समयमा यो प्रणालीको सफल कार्यान्वयनपछि अब हरेक फिफा विश्वकप म्याचमा तीन भेदभावपूर्ण व्यवहारको निगरानी गर्न ३ म्याच पर्यवेक्षकहरू रहनेछन्। म्याच पर्यवेक्षकहरूले दुवै टोलीका प्रशंसकहरूको व्यवहारको निरीक्षण गर्नेछन्, साथसाथै कुनै पनि टोलीसँग सम्बद्ध नभएका दर्शकहरू माथि पनि निगरानी गर्नेछन्। तिनीहरू प्रत्यक्ष रूपमा स्टेडियमका सुरक्षा अधिकारीहरूसँग सम्पर्कमा रहनेछन् र भेदभावका घटनाहरू भएको सन्दर्भमा  फिफाको अनुशासन निकायलार्इ प्रमाण प्रदान गर्नेछ।

पर्यवेक्षकहरूले स्टयाण्डबाट निगरानी गर्नेछन् नै, त्यसैसँग पिचमा भएका रेफ्रीले पनि आवश्यक भएमा हस्तक्षेप गर्न सक्नेछ। तीन-चरणको प्रक्रिया अनुसार, उनीहरूले पहिलो प्रतियोगितालाई रोक्न र सार्वजनिक रुपमा भेदभावपूर्ण व्यवहार रोक्न सार्वजनिक रुपमा अनुरोध गर्नेछन्, अर्को सूचनाबाट जबसम्म व्यवहार रोकिदैन तबसमुम म्याच स्थगित गर्ने घोषणा गर्नेछ र अन्तमा, यदि त्यो व्यवहार अझै जारी रहेको खण्डमा खेलनै रद्ध गर्ने निर्णय गर्नेछ।

विश्वकप २०१८ क्वालिफायरमा भेदभावका विषयहरूको पहिचान गर्न पर्यवेक्षक प्रणाली धेरै प्रभावशाली रहेको र यसैले समलैंगिक विषयमा धेरै कारवाही गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell