PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यसरी सुरु भएको थियो उरुग्वेबाट विश्वकप फुटबल, फाइनलमा दुई बल खेलाउँदा आयोजक भाग्यमानी



पहिलोपोस्ट

यसरी सुरु भएको थियो उरुग्वेबाट विश्वकप फुटबल, फाइनलमा दुई बल खेलाउँदा आयोजक भाग्यमानी

ओलम्पिक फुटबल टूर्नामेन्टको सफलताबाट फिफामा आफ्नै विश्व च्याम्पियनसिप स‌ंचालन गर्ने  तिव्र इच्छाको विकास भयो। फिफाले सम्बद्ध संघहरूमा प्रश्नावली पठाइ कुन परिस्थितिमा उनीहरू टूर्नामेन्ट स‌ंचालन गर्न तयार हुनेछन् भनी एक सर्वेक्षण नै गर्‍यो। एक विशेष कमिटीले फिफाका अध्यक्ष जुलिस रिमेटसँग प्रश्नहरुकाबारे छलफल गरेका थिए। उनलार्इ फ्रान्सेली फुटबल फेडरेशनका सचिव हेनरी देलेउनयेले सहायता गरेका थिए।

कार्यकारी समितिले प्रस्तुत गरेको प्रस्ताव पछ्याउँदै २८ मे १९२८ मा एम्स्टर्डयामममा भएको बैठकबाट फिफाद्वारा विश्वकप आयोजना गर्ने निर्णय गर्‍यो। अब, आयोजक देश छान्नुपर्ने थियो। हंगेरी, इटाली, नेदरल्यान्ड्स, स्पेन र स्वीडेनले आफ्नो उम्मेदवारी पेश गरे। १९२४ र १९२८ ओलम्पिकमा स्वर्ण पदक जीतेकाले मात्र होइन, उरुग्वेले धेरै खर्च गर्ने र आफ्नो १००औं स्वतन्त्रताको  वर्षगांठ मनाउन लागेकाले पनि सुरुदेखि नै १९३० मा उरुग्वेको नाम चर्चामा रह्यो। 

यसबाहेक उरुग्वेको राष्ट्रिय सङ्गठनले सहभागी टोलीहरूको यात्रा र आवासको समेत सबै खर्चहरू बेहोर्न इच्छा देखाएको थियो। उरुग्वेलेार्इ घाटा लागेमा आएको सम्भावित नाफा चाँही बाँड्ने भनिएको थियो। यी तर्कहरू निर्णायक थिए। १९२९ मा बार्सिलोनामा भएको फिफा कांग्रेसले उरुग्वेलाई पहिलो फिफा वर्ल्डकप आयोजक देशका रूपमा चयन गर्‍यो। अन्य उम्मेदवारी दिएका देशहरूले आफ्नो फिर्ता लिए।

युरोपमा आर्थिक संकटकाबीच सबै योजना फाइनल काउटडाउन अनुसार स‌ंचालन हुन सकेन। सहभागिताका लागि युरोपियनहरूले लामो समुद्री यात्रा पार गर्नुपर्ने भयो। क्लबहरूले दुई महिनाको लागि आफ्ना उत्कृष्ट खेलाडीलाई त्याग्नुपर्ने थियो। यसको परिणामस्वरूप, धेरै संघले भाग लिनका लागि दिएको बचन तोडे र रिमेटको धेरै प्रयासपछि चार युरोपेली टिमहरु फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले कोन्टे भर्दे लिनर बाउन्ड नामक पानीजहाजमा उनको साथमा सहभागी भए।

पहिलो फिफा विश्व कप १८ जुलाई १९३० मा मोन्टेभिडियोको नयाँ स्टेडियम एस्टयाडीयो सेन्टिनयारियोमा खोलिएको थियो। यो विश्व फुटबलको एक नयाँ युगको सुरुवात थियो र उद्घाटन कार्यक्रमले खेलकुद र आर्थिक पक्षमा उल्लेखनीय सफलता हासिल गर्‍यो। तर, आयोजकहरू चार युरोपेली राष्ट्रले मात्र भाग लिएकोमा निराश भएका थिए। वास्तवमा मन्टेभिडियोमा यति रिस थियो की चार वर्षपछि विश्व च्याम्पियन उरुग्वे आफ्नो उपाधीको रक्षा गर्न अस्विकार गर्ने पहिलो र एक मात्र टोली बन्न पुग्यो। उरुग्वेले दोस्रो फिफा विश्वकपमा भाग नै लिएन।

पहिलो संस्करणमा उरुग्वेले अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो। फाइनलमा पहिलो हाफमा अर्जेन्टिना तथा दोस्रो हाफमा उरुग्वेको बल खेलाइएको थियो।

१९३० मा बुडापेस्टमा भएको कांग्रेस बैठकले उरुग्वेलार्इ गाह्रो परिस्थितिमा पनि पहिलो पटक विश्वकप आयोजना गरेकोमा धन्यवाद दियो। उक्त बैठकले युरोपबाट थोरै सङ्ख्यामा मात्र  टोलीहरूले भाग लिएकोमा पछुताएको उल्लेख गरेको थियो।

फिफाले लस एन्जलसमा १९३२ मा भएको ओलम्पिक खेलहरूमा नेतृत्वदायी भुमिका लिन नसक्दा नयाँ टूर्नामेन्टको महत्व महसुस गरेको थियो। भर्खरका फुटबल खेलाडीहरूको स्थितिको बारेमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग मतभेद भएपछि फिफाले ओलम्पिक फुटबल टूर्नामेन्ट आयोजना गर्ने योजना त्यागेको थियो।

फिफाले विश्वकप आयोजना गर्ने तिव्र इच्छा देखाएको स्वीडेन भन्दा अगाडि इटालीलाई दोस्रो फिफा विश्वकप आयोजना गर्ने अवसर दियो। यसपटक १६ टोली छान्नका लागि क्वालिफाइङ खेलहरू खेलाइएको थियो। १९३० भन्दा अलि फरक ढ‌ंगले यसपटक कुनै समूह छुट्याइएका थिएनन्।  नकआउट राउन्डमा खेलाइएका थिए। जसबाट ब्राजिल र अर्जेन्टिना एक मात्र खेल खेलेर घर फर्किए। एक पटक फेरि, घरेलु टोली उपाधी जित्न सफल भयो। इटालीले चेकोस्लोवाकिया विरुद्ध अतिरिक्त समयमा विजय हासिल गर्यो। इतिहासमै पहिलो पटक फाइनल खेल रेडियोबाट प्रसारण गरिएको थियो।

फिफा अध्यक्ष जुलिस रिमेटको सपना तब पुरा भयो जब तेस्रो फिफा विश्वकप उनकै देश फ्रान्समा गरियो। यसपटक इटलीले सफलतापूर्वक उपाधीको रक्षा गर्‍यो।

पहिलो विश्वकपको फाइनलमा खेलाइएको दुई बल:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell