PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिफा वरीयता अनुसार रसिया विश्वकपको कुन समूह सबैभन्दा कठिन?



पहिलोपोस्ट

फिफा वरीयता अनुसार रसिया विश्वकपको कुन समूह सबैभन्दा कठिन?

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुनु अब एक साता भन्दा कम समय बाँकी छ। २१औँ संस्करणको विश्वकप खेल्नका लागि सहभागि टोलीहरु रसिया प्रस्थान गर्ने क्रम जारी छ।

विश्वकप कसले जित्ला भन्ने अड्कलबाजी भइरहेको छ। यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सुरु हुनु एक साता अघि फिफा वरीयता सार्वजनिक गरेको छ। जसअनुसार विश्वकप खेल्नमध्ये आयोजक रसिया वरीयतामा सबैभन्दा तल ७०औँ स्थानमा छ।

विश्वकपमा सहभागि ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। जसमा पहिलो वरीयताका जर्मनीदेखि ७०औँ वरीयतासम्मका टोली छन्।

विश्वकप सुरु हुनुअघि फिफाले वरीयताअनुसार कुन समूह सबैभन्दा कठिन भनेर विश्लेषण गरेको छ।

यस पटकको विश्वकपमा ग्रुप अफ डेथ भन्न मिल्ने कुनै विशेष समूह नभएपनि धेरैले अर्जेन्टिना रहेको समूह डी लाई केही हदसम्म ग्रुप अफ डेथ मानेका थिए भने केहीले आ-आफ्नो रुची अनुसार ग्रुप अफ डेथ चयन गरेका थिए।

तर फिफाले सार्वजनिक गरेको वरीयतालाई मान्ने हो भने सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल रहेको समूह ई यस पटक सबैभन्दा कठिन समूह रहेको छ। यस समूहको ४ टोलीको एभरेज फिफा वरीयता १६.२५ छ। यस समूहमा ब्राजिलसँगै स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया छन्।

ब्राजिल दोस्रो वरीयतामा छ भने स्वीट्जरल्याण्ड छैटौँ वरीयतामा छ। यस्तै कोस्टारिका २३औँ तथा सर्विया ३४औँ स्थानमा छ।

यस समूहले फ्रान्स रहेको समूह सी लाई एभरेज वरीयतामा ०.२५ ले मात्र पछि पारेको छ।

समूह सी को एभरेज वरीयता १६.५ छ। यस समूहमा फ्रान्स सातौँ, पेरु ११औँ, डेनमार्क १२औँ तथा अष्ट्रेलिया ३६औँ स्थानमा छ।

यस्तै रसिया विश्वकपमा तेस्रो कठिन समूहको रुपमा रहेको छ समूह जी। यस समूहमा बेल्जिया तेस्रो तथा इंग्लयाण्ड १२औँ वरीयतामा छ भने ट्युनिसिया २१औँ तथा पानामा ५५औँ वरीयतामा छ।

यसैगरी पोर्चुगल (४), स्पेन (१०), इरान (३७)र मोरोक्को (४१) रहेको समूह बी को एभरेज वरीयता २३ छ।

अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड र नाइजेरिया रहेको समूह डी को एभरेज वरीयता २३.७५ छ।

अर्जेन्टिना पाँचौ, क्रोएसिया २२औँ, आइसल्याण्ड २२औँ तथा नाइजेरिया ४८औँ वरीयतामा छ।

विश्व विजेता तथा शीर्ष स्थानमा रहेको जर्मनी सम्मिलित समूह एफको एभरेज वरीयता २४.२५ छ। यस समूहमा रहेका मेक्सिको १५औँ, स्वीडेन २४ तथा दक्षिण कोरिया ५७औँ स्थानमा छ।

यस्तै पोल्याण्ड (८), कोलम्बिया (१६), सेनेगल (२७) र जापान (६१) रहेको समूह एचको एभरेज वरीयता २८ छ।

रसियामा विश्वक खेल्ने मध्ये बयोजक रसिया रहेको समूह ए एभरेज वरीयतामा सबैभन्दा तल छ। रसियासँगै उरुग्वे, इजिप्ट र साउदी अरेविया रहेको यस समूहको एभरेज वरीयता ४९ रहेको छ।

रसिया सबैभन्दा तल ७०औँ वरीयतामा छ भने उरुग्वे १४औँ, इजिप्ट ४५औँ तथा साउदी ६७औँ स्थानमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell