PahiloPost

May 15, 2026 | १ जेठ २०८३

'सूर्य इन्टरनेशनल अवार्ड २०१८' आवेदन फारम खुल्ला



पहिलोपोस्ट

'सूर्य इन्टरनेशनल अवार्ड २०१८' आवेदन फारम खुल्ला

काठमाडौं: जापानको टोकियोमा आयोजना हुने 'सुर्य इन्टरनेशनल अवार्ड २०१८'को आवेदन फारम खुल्ला गरिएको छ। जेठ मसान्तसम्म अवार्डका लागि फारम भर्न पाउने आयोजक टिमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

आगामी भाद्र ३१ गते आयोजना हुने अवार्डमा फिल्म र संगीत तर्फबाट १२ विधा रहनेछ। फिल्मतर्फ उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा राखिएका छन्।  संगीततर्फ लोक, पप र आधुनिक गायक गायिकाका ६ विधा राखिएका छन्।

विश्वभरीबाट अनलाइन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ गर्नेहरुबाट पपुलर अवार्ड वितरण गर्ने आयोजक टिमका बासुदेव लामिछानेले बताए।फारम वितरण तथा संकलनको जिम्मेवारी पत्रकार नरेश भट्टराई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीले सम्हालेका छन्।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell