PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेसको दबाबपछि सार्वजनिक भयो कर्णाली–रारा पर्यटन वर्षको खर्च विवरण



पी बी खड्का

कांग्रेसको दबाबपछि सार्वजनिक भयो कर्णाली–रारा पर्यटन वर्षको खर्च विवरण

सुर्खेतः कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनमा भएको खर्च विवरण सार्वजनिक नगरेको कर्णाली प्रदेश सरकारले प्रतिपक्ष दल कांग्रेसको दवाव पछि मात्रै सार्वजनिक गरेको छ।

विहिवार बसेको संसद बैठकमा प्रतिपक्ष सांसद जीवनबहादुर शाहीले खर्च विवरण स्पस्ट आउनुपर्ने भन्दै संसद अवरोध गरेका थिए।
 
शुक्रवार पर्यटन वर्षको खर्चविवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खर्च विवरण सार्वजनिक गर्न ढिला भएको भन्दै उद्घाटनमा मात्रै ६३ लाख भन्दा बढी खर्च गरेको विवरण संसदमा सार्वजनिक गरेका छन्।
 
प्रदेश सरकारले मितव्यायीता र पारर्दर्शीतामा गम्भीर भएको बताएका छन्। प्रदेश सरकारबाट ४९ लाख ४१ हजार रुपैँया खर्च गरेको जनाएका छन् भने, नेपाल पर्यटन बोर्डबाट भएको सहयोगमा १४ लाख ४० हजार बजेट प्राप्त भएको बताए। 

खर्च विवरण अनुसार अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि झोलाका लागि मात्रै २ लाख, अतिथि र सहभागिको खानासहित १७ लाख ४६ हजार र अतिथिलाई मायोको चिनो र उपहारसहित ५ लाख ५४ हजार खर्च भएको जानकारी दिएका छन्।
 
त्यसैगरी मन्त्री ज्वालाका अनुसार विभिन्न सञ्चारमाध्यमा प्रचार प्रसारका लागि टेलिभिजनमा जिंगल ४ लाख १२ हजार, रेडियोमा २ लाख ५८ हजार सहित अन्य पर्चापोस्टर गरी २ लाख र हवाई भाडामा मात्र दश लाख भन्दा बढि खर्च भएको जनाएका छन्।
 
त्यस्तै, स्थलगत यातायात भाडामा ७६ हजार, मञ्च व्यवस्थापन र सजावटका लागि ११ लाख ५० हजार सहित स्थानीय तयारीका लागि जम्मा २ लाख खर्च भएको जनाए।

त्यहाँ गएका अतिथि, पत्रकार सहित आवास र खानामा ४ लाख ६२ हजार खर्चसहित ६३ हजार ८१ हजार रुपैँया खर्च भएको संसदमा जानकारी दिए। 

पर्यटन वर्षमा स्वभाविक रुपमा खर्च भएको भन्दै यसमा कुनै अनियमितता नभएको दावी उनले  गरे। यर्थाथ र वास्तविकता खर्च भएकाले  कुनै पनि शंका गर्न नसकिने जिकिर गरे।

बैशाख एक गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो। प्रम ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन समेत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell