PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वडा सदस्यको हत्यारा पत्ता लगाउन सांसदहरुको माग : ‘दोषीलाई कारवाही गरी हाम्रो सुरक्षा गर’



पी बी खड्का

वडा सदस्यको हत्यारा पत्ता लगाउन सांसदहरुको माग : ‘दोषीलाई कारवाही गरी हाम्रो सुरक्षा गर’

सुर्खेत: कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरुले वडा सदस्य मना सार्कीको हत्यारालाई कारवाही गर्न माग गरेका छन्। शुक्रवार बसेको दोस्रो अधिवेशनको १० औँ बैठकमा अधिकांश सांसदहरुले छिटो भन्दा छिटो सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका हुन्। 

सांसद कौशिलावती खत्रीले घटनाको विषयलाई चर्को रुपमा उठान गरिन्। घटना छुवाछुतको र अमानविय घटना भएको दावी गरिन्। जातिय भेदभावकै कारणले ज्यान गुमाउनुपरेको भन्दै यसको सत्यतथ्य छानविन गर्न सरकार संग माग गरिन्। ‘घटना छुवाछुतको र अमानविय घटना भएको हो।’ उनले भनिन्,‘यसको छिटो भन्दा छिटो छानविन गरी दोषीलाई कडा कारवाही गरियोस्।’ 

यो घटनाले अहिले महिला जनप्रतिनिधि  त्रसित र असुरक्षित भएको बताईन्।  ‘हामी महिला जनप्रतिनिधि असुरक्षित र त्रसित छौँ।’ उनले भनिन्,‘अब जनप्रतिनिधिहरुको सुरक्षाको ग्यारेण्टी सरकारले लिनुपर्छ।’

कर्णाली प्रदेशमा यस्ता घटना वारम्बार भइरहेको भन्दै यस प्रति प्रदेश सरकार सचेत भएर लाग्नुपर्ने र सुशासन युक्त प्रदेश बनाउनुपर्ने उनको भनाई छ।

त्यस्तै, सांसद पदमा खड्काले पनि जनप्रतिनिधीको हत्यारालाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउनुपर्ने बताईन्। सरकारले घटना भएको एक साता हुँदा समेत कुनै प्रक्रिया नथालेको भन्दै छाविन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा बारवाही हुनुपर्ने माग भन्दै पीडित परिवारलाई उचिव क्षतीपुर्तीको व्यवस्थ गर्न समेत आग्रह गरिन्। यो घटनाले महिलाहरु असुरक्षित भएको महशुस गरेको भन्दै यस्ता जातिय विभेदका घटनामाथि सरकार कडा प्रस्तुत हुनुपर्ने बताईन्। सरकारकै फितलो कारवाही कानूनी प्रावधानले प्रसय पाईरहेको बताईन्। 

त्यसैगरी, सांसद दानसिंह परियारले पनि घटनाको चर्को निन्दा गरे। जातिय भेदभावले नै मान्छे मर्नुपर्ने विडम्वना भएको बताए। अझै पनि दलितलाई अपहेलाना र छुवाछुत बाट मुक्त हुन नसकेको भन्दै यसका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। दलित र गरीवको बसोवास भएको कर्णालीमा अझै भेदभाव अन्त्य हुन नसकेको भन्दै अव प्रदेश सरकार कडारुपमा प्रस्तुत हुनुपर्ने बताए। घटनाको सत्यतथ्य छानविन गरी कारवाही गर्नुपर्ने माग राखे। 

यही जेठ १९ गते कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ९ का महिला दलित वडा सदस्य मना सार्कीको मृत्यु भएको थियो। धारामा रहेकी मृतक सार्कीले थाहा नपाउने गरी ढुङ्गा बर्षाइएको थियो। त्यस लगत्तै गाउँकै राजिन्द्रा शाही र सिर्जना शाही दुई बहिनीले सार्कीमाथि कुटपिट गरेका थिए। कुटपिट हुदैँ गर्दा मना सार्कीका १२ वर्षिय छोरा नेत्र सार्की घटनास्थलमा पुगे। त्यस लगत्तै भाइ र दिदी पर्वाता खत्रीले आमा मनालाई घर लगेपछि रातिको ११ बजे मृत्यु भएको छोरा नेत्रको भनाई छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनामा संग्लघन रहेका राजिन्द्रा शाही र बहिनी सिर्जना शाहीलाई पक्राउ गरी कर्तव्य ज्यानको महलमा मुद्दा दर्ता भएको जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell