
काठमाडौं : नेपाल बक्सिङ संघले पुरुष ७५ केजी तौल समूहमा बक्सर दिपक श्रेष्ठ एसियन गेम्सको लागि छनोट भएको जानकारी गराएको छ।
राखेप च्याम्पियनसिपमा तेश्रो स्थान हासिल गर्ने खेलाडीद्धय सुनसरीका आयुष पौडेल र नेपाल प्रहरीका कमल थापाले उजुरी दिएकोमा राखेपले उक्त तौल समूहमा पूनः छनोट गर्न निर्देशन दिएको थियो।
सोही अनुसार नेपाल बक्सिङ संघले छनोट समिति गठन गरि दुवै खेलाडीलाई छनोट प्रक्रियामा सामेल हुन जानकारी गराएकोमा शुक्रवार तोकिएको छनोट प्रक्रियामा दिपक श्रेष्ठ मात्र उपस्थिति रहेकाले दिपक स्वतः छनोट भएको संघका सदस्य श्याम अवालले जानकारी गराएको हुन्।