PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने



पहिलोपोस्ट

राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

काठमाडौं : चौथो आरबीबी-एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधिका लागि चीरपरिचित प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने भएका छन्।

शुक्रवार भएको सेमिफाइनल शिवम् न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदा अर्को सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३–० को सेटमा हरायो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–२२, २५–१५ को सोझो सेटमा पराजित गदै फाइनलमा स्थान बनाएको हो।

दोस्रो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१७, २५–१८,११–२५, २५–१५ ले हराउँदै एपीएफसँग उपाधि भिड्न्त पक्का गरेको हो।

एपीएफ र न्यू डायमण्डबीचको फाइनल खेल शनिवार दिउँसो २ बजेदेखि सुरु हुनेछ। त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ।

नेपाल भलिबल संघको आयोजना राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख पुरस्कार पाउनेछ। तेस्रो हुनेले ५० हजार र चौथो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट ६ जनाले ५-५ हजार पुरस्कार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell