PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वार्मअप म्याच : जर्मनी, स्वीट्जरल्याण्ड र क्रोएसिया विजयी, चिलीले पोल्याण्डलाई रोक्यो



पहिलोपोस्ट

वार्मअप म्याच : जर्मनी, स्वीट्जरल्याण्ड र क्रोएसिया विजयी, चिलीले पोल्याण्डलाई रोक्यो

रसियामा विश्वकप सुरु हुनुअघि खेलिएको वार्मअप म्याचमा विश्वविजेता जर्मनीले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ। टिमो र्नरले वेर्नरले गर्दै जर्मनीलाई पहिलो अग्रता दिलाएका थिए।

ओमार हावसीले ४३औँ मिनेटमा आच्मघाती गोल गरेपछि जर्मनीले २-० को अग्रता बनाएको थियव। ८४औँ मिनेटमा साउदीका लागि तैसिर अल जसिमले एक गोल फर्काए। साउदीका मोहमद अल साहलावीले प्रहार गरेको पेनाल्टी जर्मनीका गोलरक्षक टेर स्टेगनले पुरै क्लियर गर्न नसक्दा त्यसैमा जसिमले गोल गरेका हुन्।

यस्तै स्वीट्जरल्याण्डले जापानलाई २-० ले पराजित गरेको छ। स्वीस टोलीका लागि रिकार्डो रोड्रिगेज र हसिस सेफेरोभिचले गोल गरे।

यसैगरी क्रोएसियाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई २-१ ले हरायो।

इस्माइला सारले गोल गर्दै सेनेगललाई पहिले अग्रता दिलाएका थिए। तर इभान पेरिसिक र आन्द्रे क्रामारिकले गोल गर्दै क्रोएसियालाई जित दिलाए।

विश्वकपमा छनोट हुन असफल चिलीले भने पोल्याण्डलाई २-२ गोलको बराबरीमा रोकेको छ। पोल्याण्ड भने विश्वकप खेदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell