काठमाडौ : अप्रत्यासित रुपमा हावाहुरी चल्न र पानी दर्किन थालेपछि डाक्टर उपेन्द्र देवकोटालाई लिएर उडिसकेको हेलिकप्टर फेरि ल्यान्ड भएको छ।
पौने २ बजे उनलाई लिएर गोर्खा जाँदै गरेको हेलिकप्टर उडान गर्न नपाइ त्यही नजिक ओरालिएको हो। डाक्टर देवकोटाले जीवनको अन्तिम क्षण आफ्नै जन्मगाउँमा बिताउने बताएपछि उनलाई आज गोर्खा लगिँदै छ।