PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एक लाख रुपैयाँ नगदसहित ११ जुवाडे पक्राउ



पहिलोपोस्ट

एक लाख रुपैयाँ नगदसहित ११ जुवाडे पक्राउ

पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा–१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन्।

शनिबार पक्राउ परेका सबैलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell